नवलपरासी,१४ जेठ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल नवलपरासीको जिम्मेवारी हेरफेर भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा(मशाल) बीच प्रदेशस्तरीय एकता अधिबेशन पछि जिल्लाको जिम्मेवारी समेत केही हेरफेर गरिएको साे पार्टीले जनाएको छ ।

जेठ ९ र १० गते भएको प्रदेशको अधिबेशन दाङको घोराहीमा भएको थियो । लगतै बसेको प्रदेश समितिको बैठकले जिल्लाको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक सम्पन्न गर्ने जिम्मा सहित पार्टीका केन्द्रीय सदस्य रवि पाण्डेयलाई जिल्ला संयोजकमा पुनः दोहो¥याएको छ ।

त्यस्तै सहसंयोजकमा गणेश बहादुर ढकाल र भीम छन्त्याललाई जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ । पार्टीको जिल्ला ईन्चार्जमा भने केन्द्रीय सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीलाई नै जिम्मा तोकिएको छ ।

पार्टीको जिल्लास्तरको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक यही जेठ १८ गते हुने सो पार्टीले जनाएको छ ।