बुटवल,१४ जेठ ।
नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणको सवालमा आस्थाको आधारमा भेदभावकारी निर्णय गरेको भन्दै प्रगतिशील पत्रकार संघ नेपालले आपत्ती जनाएको छ ।

आस्थाको आधारमा महासंघले प्रगतिशील पधकारसहित अन्य संगठनका सदस्यतालाई सदस्यबाट हटाइ आफ्ना निकटका पत्रकारहरको सदस्यता कायम गरिएको तत्काउ उक्त भविभेदकारी निर्णय सच्चाउन प्रगतिशील पत्रकार संघले महासंघलाई आग्रह गरेको छ । प्रगतिशील पत्रकार संघका केन्द्रिय अध्यक्ष श्यामलाल पोखरेलले यही जेठ १४ गते विज्ञप्ती जारी विभेदकारी निर्णय नसच्चाए आन्दोलनमा उत्रने चेतावनी दिएकन छन् ।

आस्थाको आधारमा प्रगतिशील पत्रकार संघसम्बद्ध क्रियाशील पत्रकारहरुको महासंघको सदस्यता खारेज गरिएको,नयां क्रियाशील पत्रकारलाई सदस्यता नदिइएको तथा सदस्यता स्थानान्तरणको सवालमा बेवास्ता गरिएको प्रगतिशीलले दाबी गरेको छ ।