काठमाडौं,१३ जेठ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दै छन् । खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि चेन्नईमा सुरु हुने छ ।
कोलकाता समूह चरणमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा सनराइजर्सलाई नै पराजित गरेर फाइनलमा पुगेको हो । कोलकोता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरी दुई पटक आइपिएलको उपाधि जितेको छ। त्यस्तै कोलकोता २०२१ मा उपविजेता बनेको थियो।
दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो । अङ्क तालिकामा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा कोलकोतासँग पराजित भएको हैदरावादले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो ।
हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको हैदरावाद २०१८ मा उपविजेता बनेको थियो ।






