कपिलवस्तु,१२ जेठ ।
कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा शनिबार बिहान लु४४प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

उनका अनुसार मोटरसाइकल चालक रूपन्देहीको सैनामैनाकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते भएका छन् ।

घाइते थारुको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।