बुटवल,१२ जेठ ।
रूपन्देहीको तिनाउ खोलामा नुहाउन गएका एक किशोरको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिलोत्तमा–५ नयाँमिल बस्ने १७ वर्षीय दिव्यांश भुसाल रहेका छन् ।

उनको तिलोत्तमा नगरपालिका–६ हरियाली पार्क नजिक तिनाउ खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान ८ बजेतिर ३ जना नुहाउन खोलामा गएकाे र नुहाउने क्रममा दिव्यांश खोलामा डुबेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

मंगलापुरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक दिपेन्द्र बानियाँको नेतृत्वमा खटिएको टोलीले दिव्यांशलाई खोलामा मृत अवस्थामा फेला पारेको हो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।