बुटवल,१२ जेठ ।
मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश संगठन समिति लुम्बिनी मा नयाँ नेतृत्वको चयन भएको छ ।
जेठ ९ र १० गते दाङको घोराहीमा भएको एकता अबिधेशनले श्यामबहादुर बोहोराकाे संयोजकत्वमा नयाँ नेतृत्व चयन भएको हो ।
प्रदेश कमिटीको सहसंयोजकत्रयमा निरज केसी, शेरकुमार खड्का र कृष्ण केसी चयन भएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र सन्त बहादुर नेपाली नेतृत्वको नेकपा(मशाल) बीच एकता भएपछि प्रदेशमा पनि एकता अधिवेशन गरिएको साे पार्टीले जनाएको छ ।
प्रदेश ईन्चार्जमा केन्द्रीय कार्यालय सदस्य कृष्णराज पौडेल रहेका छन् । एकता अधिबेशनले १५१ सदस्सीय प्रदेश संगठन समिति चयन गरेको सो पार्टीका केन्द्रीय सदस्य रबी पाण्डेले जानकारी दिए ।






