पाल्पा,११ जेठ ।
झारफुक गर्न आएकी महिलालाई बोक्सी भन्दै कुटपिट गरेकाे
आराेपमाषय बगनासकाली गाउँपालिका–९, चापपानीका २९ वर्षीय पदम बस्याल पक्राउ परेका छन् ।

छिमेकी एक महिलालाई निलडाम हुने गरी कुटपिट गरेको आरोप बस्याललाई लागेको छ । बिरामी भैंसीलाई झारपुक गर्न घरमा अक्षता लिएर आएकी महिलालाई नै बस्यालले बोक्सीको आरोपमा कुटपिट गरेको आरोप लागेको छ ।

महिलाको आँखामा बोक्सी भएको आरोप लगाएर लौरो र हातले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । पक्राउ परेका बस्यालमाथि बोक्सीको आरोप कसुरमा अनुसन्धान भइरहेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ । कुटपिटबाट घाइते भएकी ती महिलाले बोक्सी आरोप कसुर अर्न्तगत कारवाही गर्न माग गर्दै प्रहरीमा निवेदन दिएको छन् । घाइते महिलालार्ई छिमेकी आएर उद्दार गरेको स्थानीयले बताए । बस्यालले विगतदेखि नै गाउँमा झारफुक गर्दै आएका थिए ।