बुटवल,११ जेठ ।
रुपन्देही र कपिलवस्तुका भारतसँग सिमाना जोडिएका नाका बन्द भएका छन् । भारतको उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लामा भोलि हुुने लोकसभा चुनावलाई लक्षित गरी दुवै जिल्लाका नाका बन्द गरिएको हो ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकासँग जोडिएको कक्रहवा नाकासहित भारतको उत्तर प्रदेशसँग जोडिएका नाका तथा कपिलवस्तुको कृष्णनगर र सुठौली भन्सारसहितका कपिलवस्तु जिल्लाका नाका भोलि बेलुका ६ बजेसम्म बन्द हुने दुवै जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा पर्ने बेलहिया नाका लगायत भारतको उत्तर प्रदेशको महाराजगञ्ज जिल्लासँग जोडिएका अरु नाकाहरु आउँदो १६ गतेदेखि १९ गतेसम्म बन्द रहने रुपन्देही प्रशासनले जनाएको छ ।







