काठमाण्डौ,११ जेठ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुग्न आज राजस्थान रोयल्य र सनराइजर्स हैदराबाद खेल्दैछन् ।
खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे चेन्नईमा शुरु हुनेछ ।
राजस्थानले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दास्रो क्वालिफायरमा प्रवेश गरेको हो । हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो ।
पहिलो क्वालिफायरको विजेता कोलकाता भने फाइनलमा पुगिसकेको छ । आजको खेल जित्नेले उपाधीका लागि कोलकातासँग खेल्ने छ । फाइनल खेल पर्सि आइतवार हुनेछ ।






