बर्दिया,१० जेठ ।
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँकेकाे बैजनाथ गाउँपालिका–८ हस्नापुरकी मनिषा रोकाया रहेकी छन् ।
उनको बिहीबार दिउँसो बर्दियाको बासगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन बठुवामा बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
बासगढी–४ बठुवाका कैलाशपति थारुसँगै हिँडिरहेकी रोकायालाई बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । थारु भने शकुशल रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






