बुटवल,९ जेठ ।
राष्ट्रवादी केन्द्र नेपालद्वारा गठित राष्ट्रिय संयुक्त संयुक्त संघर्ष समितिकाे आह्वानमा राजधानी काठमाडौकाे कलंकी,बुटवल लगायत देशका विभिन्न ठाउँमा भएको आमरण अनशन तथा धर्ना आजदेखि अन्त्य भएको छ ।

सरकार आफुहरुको राखेका १८ बुदे जायज मागहरु पुरा गर्न अग्रसर देखिएकोले गत बैशाख २४ गते देखी काठमाडौंंमा निरन्तर अनसन सुरु भयको र वैशाख २८ गतेदेखी बुटवलमा सुरु भएको धर्ना आजदेखि अन्त्य भएको संघर्ष समिति लुम्बिनी प्रदेशका संयोजक बुद्विराज भण्डारीले जानकारी दिए ।

देश र जनताको हित र भलाईको लागी ९ जना युवाहरूले आफ्नो ज्यानको वाजी लगाएर पानी पनि नखाई आमरण अनसन बसेको आज १७ औ दिन भएको र नेपाल सरकारका स्वास्थ्य मन्त्रीले अनसकारी पक्ष देश र धर्म रक्षाको लागी उठाएका मागहरू प्रति सरकार गम्भीर रहेको र यथासक्य माग सम्बाेधन गर्ने प्रतिवद्वता जनाएकाेले काठमाडौंकाेआमरण अनशनसँगै बुटवलको धर्जा कार्यक्रम पनि समापन भएको उनलेे बताए ।

कार्यकारी राष्ट्र प्रमुखसहित बिभन्न १८ बुँदे माग राखेर संयुक्त राष्ट्रिय संघर्ष समितिद्वारा गत बैशाख २४ गतेदेखि राजधानी काठमाडौंकाे कलंकीमा सुरु भएको आमरण अनशनकाे समर्थनमा बुटवलमा पनि बैशाख २८ गतेदेखि संघर्ष समिति लुम्बिनी प्रदेश संयोजक भण्डारी,महिला विभाग प्रमुख सकुन्तला आचार्य लगायत राष्ट्रवादी केन्द्रका नेता कार्यकर्ताहरू बुटवलमा पनि धर्ना बसेका थिए ।

धर्नामा नेपाली कांग्रेस बिपीकी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक देवी पाैडेल लामिछानेले पनि ऐक्यबद्धता जनाएकि थिइन् ।