दाङ, ८ जेठ ।
दाङ राजपुर गाउँपालिकामा एकजना वडा अध्यक्षमाथि भाला प्रहार भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टंक विष्टमाथि मंगलबार दिउँसो कार्यकक्षभित्रै भाला प्रहार भएको हो ।
लमही अस्पतालमा उपचार भइरहेका उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टी निवासी २० वर्षीय विजय नेपालीले वडाध्यक्ष विष्टमाथि दिउँसो करिब ४:३० बजे छातीको वायाँ भागमा भाला प्रहार गरेर घाइते बनाएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । भाला प्रहार गर्ने नेपालीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष विष्टमाथि आक्रमण हुनुको कारण नखुलेको र घटनाको अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।






