बुटवल,८ जेठ ।
बुटवलको अस्पताललाइनमा एक मालबाहक ट्रकमा आगलागी भएको छ ।

चितवन बाट बुटवलको लागी सामान लिएर आएको ना ६ ख ८३१५ नम्बरको मालबाहक ट्रक बुटवल उपमहानगरपालिका वडा नं ६ लुम्बिनी प्रादेशिक अस्पताल अगाडीको आकासे पुल मुनी आगलागी भएको हो ।
आगलागीबाट करिव ४० लाख बराबरको क्षति भयको बताइएको छ ।
ट्रकमा केबुल तार,पेन्ट,किटनासक औषधि रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दमकल,प्रहरी र स्थानीयकाे सहयोगमा आगलागी नियन्त्रणमा आइसकेको छ भने घटनाको बिस्तृत बिबरण आउन बाँकी छ ।






