बुटवल,८ बैशाख ।
राष्ट्रिय संयुक्त संघर्ष समितीकाे आह्वानमा भएको सत्याग्रह आन्दोलन बुटवलमा आज ११ औं दिन पनि जारी रहेको छ ।
राष्ट्रवादी केन्द्र नेपालद्वारा गठित राष्ट्रिय संयुक्त संघर्ष समिती लुम्बिनी प्रदेश अध्यक्ष बुद्धिराज भण्डारीकाे नेतृत्वमा बिगत ११ दिनदेखि बुटवलको बसपार्क अगाडि सत्याग्रह/भद्र अवज्ञा आन्दोलन सुरु भएको हो ।
प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख,संघियताको खारेजीलगायत १८ बुदे माग गर्दै राजधानी काठमाडौकाे कलंकीमा बैशाख २४ गतेदेखि सुरु भएको सत्यागरह आन्दोलन अन्तर्गत आमरण अनशनकाे समर्थनमा अघिल्लो हप्ताको शुक्रबारदेखि बुटवलमा पनि धर्ना सुरु गरिएको राष्ट्रिय संयुक्त संघर्ष समिती लुम्बिनी प्रदेश अध्यक्ष बुद्धिराज भण्डारीले जानकारी दिए ।
सत्याग्रहलाई विभिन्न संघ संस्थाहरूले ऐक्यबद्धता जनाउने क्रम जारी रहेको उनलेे बताए ।
तराई मधेसकाे प्रचण्ड गर्मी तथा तातो हावाका बाबजुद धर्नामा बसे पनि सरकारले आफुहरूका माग प्रति बेवास्ता गरेको संघर्ष समिति लुम्बिनी प्रदेशकि महिला विभाग प्रमुख सकुन्तला आचार्यले बताइन् ।
माेर्चाकाे आन्दोलनमा नेपाली कांग्रेस बिपीले पनि ऐक्यबद्धता जनाएको छ ।
साे पार्टीका केन्द्रीय सदस्य देबी पाैडेल लामिछानेले पार्टीको तर्फबाट आन्दोलनमा ऐक्यबद्धता जनाउन आफू धर्नास्थलमा आएको बतनइन् ।