कपिलवस्तु,८ जेठ ।
कपिलवस्तुकाे शिवराजमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको बुद्धभुमी नगरपालिका ९ नं बस्ने बर्ष ५५ का जलेश्वर प्रसाद थारु रहेका छन् ।

कपिलवस्तुकाे शिवराज नगरपालिका ५ चन्द्राैटा बजार नजिकै वालापुरमा माेडमा ना ६ ख ६५६२ नम्बरकाे ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार थारुको मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक गिता प्रसाद चौधरीले जानकारी दिए ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।