दाङ,७ जेठ ।
लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथिकाे
सैद्वान्तिक छलफल सकिएको छ ।
सोमबार बसेकाे लुम्बिनी प्रदेशसभाकाे बैठकमा साे विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो ।
छलफलमा पुर्व मन्त्री तथा प्रदेशसभा सदस्य वीरबहादुर राना,प्रदेश सभा सदस्यहरु भुवनेश्वर चौधरी, इन्द्रजित थारु र तुलसी चौधरीले सहभागीता जनाएका थिए । विधेयकमाथिकाे छलफलमा सहभागीता जनाउँदै उनीहरुले स्थानीय तहको सेवालाई प्रभावकारी बनाउने गरी स्थानीय तहका कर्मचारीको मनोबल उच्च बनाउने र जनशक्तिको व्यवस्थापनमा विधेयकले सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।
संघीयतामा शासन विधि र कानून निर्माण गरेर राज्य सञ्चालन गर्न सहज हुने बताए । सांसदहरुको उठाएका प्रश्नमा मुख्यमन्त्री महराले जवाफ दिएका थिए ।
यसअघि मुख्यमन्त्री जोखबहादुर महराले विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्ताव सभामा सर्वसम्बतले स्वीकृत भएपछि छलफल सुरु भएको हो ।
लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको सातौं बैठक जेठ १३ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।








