बुटवल,७ जेठ ।
विभिन्न १८ बुँदे माग राखेर गत बैशाख २४ गतेदेखि काठमाडौंकाे कलंकीमा आमरण अनशन बसेका अनशनकारीहरूकाे जीवन रक्षाकाे माग गर्दै राष्ट्रिय संयुक्त संर्घर्ष समितीले साेमबार बुटवलमा पनि प्रदर्शन गरेको छ ।
बुटवलको बसपार्क अगाडि भएको बिराेध प्रदर्शनमा संघर्ष समितिका लुम्बिनी प्रदेश अध्यक्ष बुद्दीराज भण्डारी,संघर्ष समिति महिला विभाग प्रमुख शकुन्तला आचार्य,जिल्ला अध्यक्ष बाबुराम घिमिरेलगायतले काठमाडौंं बैशाख २४ गते देखि र बुटवलमा २८ गतेदेखि निरन्तर अनसन बस्दै आईरहे पनि सरकारले बेवास्ता गरेको बताए ।
देशको राजधानी काठमाडौंकाे कलंकीमा बिगत १५ दिनदेखि आमरण अनशनमा बसेका अनसनकारीहरुको स्वास्थ्य अवस्था गम्भिर हुदै गएको भन्दै उनिहरूले अनशनकारीहरूका जायज माग तत्काल सम्बाेधन गरि जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौंमा भएको आमरण अनशनकाे समर्थनमा बुटवलमा पनि रिले अनशन बसेकाे भन्दै उनिहरूले माग पूरा नभए बुटवलसहित देशब्यापी रूपमा आमरण अनशन बस्ने चेतावनी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस बिपीकी केन्द्रीय सदस्य देवी पाैडेल लामिछानेले पनि ऐक्यबद्धता जनाएकी थिइन् ।








