बुटवल,७ जेठ ।
रोटर्याक्ट क्लब अफ तिनाउ सिटी तथा रोटरी क्लव अफ बुटवल साउथले तिनाउ गाँउपालिका ४ लगाड मा रहेको सत्यवती प्राथमिक विधालयमा ह्यापी स्कुल कार्यक्रम सम्पन्न गरेको छ ।
विधालयमा अध्ययनरत ६० जना विधार्थीका लागि विधालय पोशाक, झोला, स्टेशनरी साम्रागी तथा विधालयलाई विभिन्न खेलकुद साम्रागी तथा मसलन्द समान हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।
रोटर्याक्ट क्लबले आफ्नो स्पेशल एरिया प्रोजेक्टका रुपमा विधालय छनाेट गरि विगत ३ बर्षदेखि नियमित रुपमा विभीन्न कार्य गर्दै आईरहेकोमा यस बर्ष बृहत विधार्थी सहयोग कार्य गरेको क्लबका अध्यक्ष प्रकाश खनालले जानकारी दिए ।
विधालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दान बहादुर आले ले विधालयमा यस किसीमको सहयोगले अभिभावक तथा विधार्थी भाईबहिनीको पठनपाठन प्रक्रियमा सहयोग पुग्नुका साथै विधार्थीमा उत्साह थपेको बताए ।
रोटरी क्लब अफ बुटवल साउथकी अध्यक्ष शारदा पगेंनीले विधार्थी तथा अभिवावकको दन्त स्वास्थको चेतना तथा स्वास्थ उपचारका लागि दन्त परिक्षण शिवीर संचालन गरिएको बताइन् ।
साे अवसरमा २३० जना विधार्थी तथा अभिभावकको दन्त परिक्षण तथा औषधी वितरण गरिएको उनलेे बताइन् ।
कार्यक्रममा डि आर आर ईलेक्ट बिक्रम क्षेत्री, सुविन खड़का, अनुप पाण्डे लगायतले आ आफ्नो भनाइ राखेको क्लबले जनाएको छ ।








