बुटवल,७ जेठ ।
लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसुचि रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आइतबार बसेको लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको पाँचौं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले साे विधेयक पेस गरेका थिए ।

विधेयकमाथि सैद्धान्तिक छलफल भएपछि संशोधनका लागि ७२ घण्टाकाे समय रहने ब्यवस्था छ ।

संशोधनको समय सकिएपछि दफावार छलफलका लागि विधेयक प्रदेश मामिला तथा कानुन समितिमा पठाउने तयारी छ ।