बुटवल,६ बैशाख ।
राष्ट्रिय संयुक्त संघर्ष समितीकाे आह्वानमा भएको सत्याग्रह आन्दोलन बुटवलमा आज ९ औं दिन पनि जारी रहेको छ ।

राष्ट्रवादी केन्द्र नेपालद्वारा गठित राष्ट्रिय संयुक्त संघर्ष समिती लुम्बिनी प्रदेश अध्यक्ष बुद्धिराज भण्डारीकाे नेतृत्वमा शुक्रबारदेखि बुटवलको बसपार्क अगाडि सत्याग्रह/भद्र अवज्ञा आन्दोलन सुरु भएको हो ।

प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख,संघियताको खारेजीलगायत १८ बुदे माग गर्दै राजधानी काठमाडौकाे कलंकीमा बैशाख २४ गतेदेखि सुरु भएको सत्यागरह आन्दोलनको समर्थनमा अघिल्लो हप्ताको शुक्रबारदेखि बुटवलमा पनि सत्याग्रह आन्दोलन सुरु गरिएको राष्ट्रिय संयुक्त संघर्ष समिती लुम्बिनी प्रदेश अध्यक्ष बुद्धिराज भण्डारीले जानकारी दिए ।

राजधानी काठमाडौंकाे कलंकीमा आमरण अनशन बसेकाे साेमबार १५ दिन पुग्ने र त्यसका समर्थनमा बुटवलकाे धर्ना १०
औं दिन पुग्ने भएकोले साेमबार काठमाडौं र बुटवलसहित देशका विभिन्न ठाउँमा प्रदर्शन गर्ने कार्यक्रम रहेको संयोजक भण्डारीले बताए ।

सत्याग्रहलाई विभिन्न संघ संस्थाहरूले ऐक्यबद्धता जनाउने क्रम जारी रहेको उनलेे बताए ।

तराई मधेसकाे प्रचण्ड गर्मी तथा तातो हावाका बाबजुद धर्नामा बसे पनि सरकारले आफुहरूका माग प्रति बेवास्ता गरेको संघर्ष समिति लुम्बिनी प्रदेशकि महिला विभाग प्रमुख सकुन्तला आचार्यले बताइन् ।

माेर्चाकाे आन्दोलनमा नेपाली कांग्रेस बिपी काे पनि ऐक्यबद्धता रहेको साे पार्टीका केन्द्रीय सदस्य देबी पाैडेल लामिछानेले बताइन् ।

पार्टीको तर्फबाट आन्दोलनमा ऐक्यबद्धता जनाउन आफू धर्नास्थलमा आएको उनको भनाइ थियो ।

धर्नाका लागि टागिएकाे टेन्ट पटकपटक हावाहुरी सहितकाे बर्षाले भत्काइदिए पनि पुन टेन्ट टागेर धर्नामा बसेकाे उनलेे बताइन् ।