बुटवल,५ बैशाख ।
प्रचण्ड गर्मीका बाबजुद बुटवलमा राष्ट्रिय संयुक्त संघर्ष समितिकाे सत्याग्रह/भद्र अवज्ञा आन्दोलन अन्तर्गत आज आठौं दिन पनि धर्ना रहेको छ ।
विभिन्न ११ राजनीतिक दल मिलेर बनेको राष्ट्रवादी केन्द्र नेपालद्वारा गठित राष्ट्रिय संयुक्त संघर्ष समिती लुम्बिनी प्रदेश अध्यक्ष बुद्धिराज भण्डारीकाे नेतृत्वमा बुटवलको बसपार्क अगाडि
सुरु भएको सत्याग्रह/भद्र अवज्ञा आन्दोलन अन्तर्गतको धर्ना आज आठौं दिन पुगेको हो ।
प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख,संघियताको खारेजीलगायत १८ बुदे माग गर्दै राजधानी काठमाडौकाे कलंकीमा बैशाख २४ गतेदेखि सुरु भएको सत्यागरह आन्दोलनको समर्थनमा अघिल्लो हप्ताको शुक्रबारदेखि बुटवलमा पनि सत्याग्रह आन्दोलन सुरु गरिएको राष्ट्रिय संयुक्त संघर्ष समिती लुम्बिनी प्रदेश अध्यक्ष बुद्धिराज भण्डारीले जानकारी दिए ।
सत्याग्रहलाई विभिन्न संघ संस्थाहरूले ऐक्यबद्धता जनाउने क्रम जारी रहेको उनलेे बताए ।
तराई मधेसकाे प्रचण्ड गर्मी तथा तातो हावाका बाबजुद धर्नामा बसे पनि सरकारले आफुहरूका माग प्रति बेवास्ता गरेको संघर्ष समिति लुम्बिनी प्रदेशकि महिला विभाग प्रमुख सकुन्तला आचार्यले बताइन् ।
धर्नाका लागि टागिएकाे टेन्ट पटकपटक हावाहुरी सहितकाे बर्षाले भत्काइदिए पनि पुन टेन्ट टागेर धर्नामा बसेकाे उनलेे बताइन् ।
राजधानी काठमाडौकाे कलंकीमा जारी आमरण अनशन भने आज १३ औं दिन पुगेको छ ।








