नवलपरासी,५ जेठ ।
बैंकर्स एशोसिएशन बर्दघाटको अध्यक्षमा एनएमबी बैंक बर्दघाट शाखा प्रबन्धक रामकुमार भारती निर्वाचित भएका छन् ।
एशोसिएशनको भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा गणेश बहादुर पछाई(प्रभु बैंक) सचिवमा नारायण विश्वकर्मा(ज्योतिविकास बैंक) कोषाध्यक्षमा विष्णु श्रेष्ठ(बेष्ट फाइनान्स) सदस्यमा रक्षक भण्डारी(कामना सेवाविकास बैंक) कमल पौडेल(सिद्धार्थ बैंक) संगम जि.सी.(ग्लोबल आई.एम.ई.) हिरामणि पराजुली (गरिमा विकास) टुल्क प्रसादकाफ्ले (प्राईम बैंक) रामचन्द्र कडरिया (एन.आई.एम.बी.) र मनोज ज्ञवाली (सिटिजन्स बैंक) रहेको अध्यक्ष भारतीले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष भारतीले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्याहरुको समाधान र यस क्षेत्रलाई थप मर्यादित बनाउनको लागि आफुले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । बर्दघाट नगरक्षेत्रमा २३ बढी बैंक तथा वित्तीय संस्था क्रियाशील रहेका छन् ।








