बुटवल,३ जेठ ।
अखिल (क्रान्तिकारी) ले बुटवल र नवलपरासीमा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।

संगठनका केन्द्रीय संयोजक मिलन राईलाई ससम्मान रिहाइको माग गर्दै अखिल क्रान्तिकारीले बिहिवार बुटवलको पाल्पा राेड र नवलपरासीको बर्दघाट ४ शान्तिनगर चोकमा गृहमन्त्री लामिछानेको राजिनामा माग गर्दै पुत्ला जलाएको हो ।

कार्यक्रममा बिद्यार्थी नेता राई को रिहाइ, लघुबित्त तथा सहकारी पीडितलाई न्याय दिनुपर्ने,शिक्षाक्षेत्रमा निजीकरणको अन्त्य गर्नुपर्ने लगायत दर्जनौ नाराबाजी गर्दै राजमार्गमा टायर समेत बालेर प्रदर्शन गरिएको थियो ।

प्रदर्शनको क्रममा ईलाका प्रहरी कार्यालय बाट खटिएको टोलिले पुत्ला तथा टायरकाे आगाे निभाउन थालेपछि त्यसको प्रतिबाद गर्दै विद्यार्थीहरुले प्रहरी प्रशासनको विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

बिरोध कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवं जिल्ला संयोजक सन्देश सापकोटाले दलाल सत्ता र ब्यवस्थाको विरुद्ध विद्यार्थीहरुले आन्दोलन गर्नुपर्ने बताउदै संगठनका केन्द्रीय संयोजक मिलन राई लाई तत्काल रिहाई नगरे सम्म अझ कडा कार्यक्रम ल्याउने चेतावनी दिए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा क्षेत्रीले बिद्यार्थीहरुको आन्दोलन जायज र न्याय पुर्ण रहेको भन्दै ऐक्यबद्धता जनाएका थिए ।

आजै अखिल क्रान्तिकारी रूपन्देहीले बुटवलको पाल्पा राेडमा गृहमन्त्री लामिछानेको पुतला दहन गरेको छ ।

बिद्यार्थी एकता दिवसको पुर्व सन्ध्यामा कार्यक्रम बिथोल्ने कुत्सित मानसिकताले राई लाई गिरफ्तार गरेर कथित अभद्र ब्यवहारको मुद्दा चलाएकाे भन्दै अखिल क्रान्तिकारीले दिनहुँजसो प्रदर्शन गदै आएको छ ।

क्रान्तिकारीले जेठ ६ गते शैक्षिक हडताल सहितको आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।