गुल्मी,३ जेठ ।
गुल्मीको रिडीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । पोखराबाट गुल्मी सदरमुकाम तम्घास आउँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रुरुक्षेत्र गाउँपालिका १ मक्वादीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिए ।

घाइतेमध्ये चालक र सहचालकको अवस्था गम्भीर भएको उनले बताए । दुर्घटनाका घाइतेमध्ये १० जनालाई उपचारका लागि पाल्पा पठाइएको र अन्य ३ जनालाई पनि पठाउने तयारी रहेको प्रहरी निरीक्षक थापाले बताए ।

बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको छ ।
के कारणले दुर्घटना भएको हो भयो भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।