बुटवल,३ जेठ ।
बुटवल र आसपासका क्षेत्रमा लुटपाट र चोरी गरेकाे आराेपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाटो हिँड्ने बटुवा तथा महिलाहरुको घाँटीमा लगाएको सुनको गहना लुट्ने र चोरी गर्ने गिरोहका २ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पक्राउ पर्नेमा रूपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ७ घर भई हाल वडा नं ११ देबीनगर बस्ने ४५ वर्षिय कबिराज खड्का र बुटवल उपमहानगरपालिका वडा नं. २ बस्ने ४२ वर्षिय सुरेन्द्र अमात्य रहेका छन् ।
बुटवल लगाएत अन्य ठाउहरुमा बाटोमा हिड्ने व्यक्तिहरुको घाँटीमा लगाएको सुनका गहना लुटि लाने कार्य गर्दै फरार हुने गरेको सुचनाका आधारमा प्रहरीको सुक्ष्म अनुसन्धानबाट पिछा गर्ने क्रममा बुटवल उपमहानगरपालिका वडा नं. १० कालिका चोकबाट उनिहरूलाई दसी सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्मुख डीएसपी विजयराज पण्डीतले बताए ।
पक्राउ परेका दुबैजनालाई चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






