काठमाडौं,३ जेठ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज हुने खेलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच भिडन्त हुँदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ ।
जारी आईपीएलमा हैदरावादको १२ खेलमा १४ अङ्क रहेको छ र अङ्क तालिकामा चौथो स्थानमा रहेको छ । हैदरावादले यो खेल जितेमा प्लेअफमा छनौट हुने छ । त्यसै गरी गुजरात भने आईपीएलको प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।
पछिल्लो कोलकोताविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि गुजरात प्लेअफको दौडबाट बाहिरिएको हो । गुजरातको १३ खेलमा ११ अङ्क रहेको छ र अङ्क तालिकामा आठौँ स्थानमा रहेको छ ।








