पाल्पा,३ जेठ ।
पुर्बी पाल्पाकाे निस्दीमा हिजो अपरान्ह भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

बुधबार अपरान्ह ४ बजे तिर निस्दी गाउँपालिका ४ मतियारडाँडाको भित्री कच्ची सडक खण्डमा भएको दुर्घटनामा निस्दी गाउँपालिका ४ का ६ वर्षीय राजिब सुनारी र २० वर्षीय तेजन सोमैको मृत्यु भएको हो ।

नवलपरासी (बर्दघाट, सुस्ता पूर्व ) अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका ३ खादरका लागि छुटेको लु १ ज ३३२४ नम्बरको डवल क्याप पिकअप जिप दुर्घटनामा परेको हो । घाइते सबैको नवलपरासीका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।