बुटवल,२ बैशाख ।
राष्ट्रिय संयुक्त संघर्ष समितीकाे आह्वानमा भएको सत्याग्रह आन्दोलन बुटवलमा आज छैठौं दिन पनि जारी रहेको छ ।

विभिन्न ११ राजनीतिक दल मिलेर बनेको राष्ट्रवादी केन्द्र नेपालद्वारा गठित राष्ट्रिय संयुक्त संघर्ष समिती लुम्बिनी प्रदेश अध्यक्ष बुद्धिराज भण्डारीकाे नेतृत्वमा शुक्रबारदेखि बुटवलको बसपार्क अगाडि सत्याग्रह/भद्र अवज्ञा आन्दोलन सुरु भएको हो ।

प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख,संघियताको खारेजीलगायत १८ बुदे माग गर्दै राजधानी काठमाडौकाे कलंकीमा बैशाख २४ गतेदेखि सुरु भएको सत्यागरह आन्दोलनको समर्थनमा शुक्रबारदेखि बुटवलमा पनि सत्याग्रह आन्दोलन सुरु गरिएको राष्ट्रिय संयुक्त संघर्ष समिती लुम्बिनी प्रदेश अध्यक्ष बुद्धिराज भण्डारीले जानकारी दिए ।

सत्याग्रहलाई विभिन्न संघ संस्थाहरूले ऐक्यबद्धता जनाउने क्रम जारी रहेको उनलेे बताए ।

शुक्रबार बिहान सत्याग्रह आन्दोलनका क्रममा धर्नामा बस्न लागेका उनिहरूलाई प्रहरीले अबरोध गरेपछि शुक्रबार बेलुका देखि धर्ना बसेकाे संघर्ष समिति लुम्बिनी प्रदेशकि महिला विभाग प्रमुख सकुन्तला आचार्यले बताइन् ।

धर्नाका लागि टागिएकाे टेन्ट पटकपटक हावाहुरी सहितकाे बर्षाले भत्काइदिए पनि पुन टेन्ट टागेर उनिहरूले धर्नालाई निरन्तरता दिएका छन् ।