पाल्पा,२ जेठ ।
पुर्बी पाल्पाको निस्दीमा जीप दुर्घटना हुदा १४ जना यात्रु घाइते भएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–३, खादरतर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जीप निस्दी गाउँपालिका–४, मतियारडाँडास्थित भित्री कच्ची सडक खण्डमा दुर्घटनामा भएको हो ।
दुर्घटनामा घाइतेलाई उपचारको लागि नवलपरासीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।
दुर्घटनाको विस्तृत विवरण आउने बाँकी रहेको प्रहरीले जनाएको छ ।








