बुटवल,२ जेठ ।
रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका वडा नं ११ रेहेराका ४५ वर्षीय वीरबहादुर गुरुङ रहेका छन् ।
देवदह–१ बिर्ता स्थित माँ वैष्णाै साबुन फ्याक्ट्रीमा मेसिनको नट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।








