नवलपरासी,२ जेठ ।
६० औं बिद्यार्थी एकता दिवसको अवसरमा अखिल (क्रान्तिकारी) नवलपरासीले सदरमुकाम परासी स्थित बुद्ध चोकमा दिप प्रज्वलन गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल क्रान्तिकारीले मंगलबार दिप प्रज्वलन गरेको कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा अखिल ( क्रान्तिकारी ) का केन्द्रीय सदस्य एवं जिल्ला संयोजक सन्देश सापकोटाले राजनैतिक शैक्षिक आन्दोलनमा बिद्यार्थीहरु निभाएको भूमिकाको चर्चा गर्दै हरेक आन्दोलनमा विद्यार्थीहरु अग्रमोर्चामा रहेको स्मरण गरे । उनले दलाल सत्ता र ब्यवस्थाको विरुद्ध विद्यार्थीहरुले आन्दोलन गर्नुपर्ने बताउदै संगठनका केन्द्रीय संयोजक मिलन राइलाइ तत्काल रिहाई नगरे सम्म कडा प्रतिबादमा उत्रिने चेतावनी दिए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले राजनैतिक आन्दोलनमा क्रान्तिकारी विद्यार्थीले प्रभावकारी भुमिका गरेकोले स्मरण गर्दै बर्तमानमा पनि त्यो भुमिका खेल्न पहलकदमी लिनुपर्ने बताए ।

उनले शैक्षिक निजीकरण,ब्यापारीकरण, माफियाकरण र सबै प्रकारको भ्रष्टाचार विरुद्ध धावा बोल्न विद्यार्थी नेताहरुलाई आग्रह गरे ।