काठमाण्डौ,१ जेठ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । यो खेल नेपाली समयअनुसार आज बेलुका पौने ८ बजेदेखि दिल्लीमा शुरु हुनेछ ।

दिल्ली १३ खेलमा १२ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । लिग चरणअन्तर्गत दिल्लीले आज अन्तिम खेल खेल्दैछ । उसको प्लेअफमा पुग्ने सम्भावना निक्कै कम छ । लखनउ १२ खेलमा १२ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । उसले खेल्न बाँकी रहेका दुई खेल जितेमा प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राख्नेछ ।