काठमाडौं,३१ बैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल मात्रै हुँदै छ । आजको खेलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच भिडन्त हुने छ ।

नेपाली समय अनुसार आज राति ७:४५ बजेदेखि अहमदावादमा खेल सुरु हुने छ ।

जारी आईपीएलमा कोलकाता प्ले अफका लागि छनौट भइसकेको छ । कोलकाता १२ खेलमा १८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ र उसले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

अहिलेसम्म १२ खेलमा ५ खेल मात्र जितेको गुजरात १० अङ्कसहित आठौँ स्थानमा रहेको छ । गुजरातका लागि अब बाँकी खेल जितेमा मात्र प्ले अफमा स्थान बनाउने सम्भावना रहने हुनाले यो खेल जित्नै पर्ने दबाब छ ।