बुटवल,३१ बैशाख ।
धातिवाङ-रुपन्देही सम्पर्क समाजकाे अध्यक्षमा पिताम्बर पाण्डे निर्वाचित भएका छन् । समाजको सातौ साधारण सभा तथा चौथो अधिवेशनले जपाण्डेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा गंगा पौडेल,सचिवमा हरी प्रसाद घिमिरे, कोषाध्यक्षमा सुमन पौडेल र सहसचिवमा तुल्सीराम पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा झबिलाल पौडेल,टेकनारायण पौडेल, भविश्वर पौडेल,कासी पौडेल,गौरि पौडेल र राधिका ज्ञवाली पौडेल रहेका छन् ।
अध्यक्षमा चयन भएपछि पाण्डेले अघिल्लो कार्यसमितिले अगाडि सारेका राम्रा कामलाई निरन्तरता दिंदै थप सामाजिक र रचनात्मक काममा समाजलाई अग्रसर बनउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष थानेशोर पौडेलले
सम्पर्क समाजले धातिवाङ्ग र रुपन्देही लाई जाेड्ने काम गरेको भन्दै धातिवाङ्गमा उत्पादित बस्तुको रुपन्देहिमा ब्यवस्थित बजार खोज्नु पर्नेमा जाेड दिए ।
समाजका अध्यक्ष देवी प्रसाद पौडेलले समाजले सबैलाई एकताको सूत्रमा बाँध्न सफल भएको बताए । समाजले सधैं सकारात्मक कार्यहरू अगाडि बढाउँदै आएको भन्दै उनलेे अब आउने कार्य समितिले पनि त्यसलाई निरन्तरता दिनुपर्ने बताए ।
त्यस अवसरमा समाजका कोषाध्यक्ष भविशोर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष नमराज पौडेल,सहसचिव हरी प्रसाद घिमिरेले लगायतले समाजको उदेश्य र भुमिका बारे आआफ्नो भनाइ राखेका थिए ।






