कपिलवस्तु,३० बैशाख ।
कपिलवस्तुको बाणगंगा नगरपालिका-७ कोइली खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाणगंगा नगरपालिका-७ सुकुम्बासी टोलका ४० वर्षीय लौटन थारु रहेका छन् ।
सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आइतबार बिहान ७ बजेतिर दाउरा संकलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको थियो ।
दाउरा संकलन गर्ने क्रममा कोइली खोलाले बगाएका थारूको कपिलवस्तु नगरपालिकाकाे कपिलधाम नजिकै शव फेला परेको हो ।
लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीले बताए । खाेलाले बगाएको ठाउँबाट २ किलोमिटरको दूरीमा उनको शव फेला परेको रायमाझीले बताए ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






