चितवन,३० बैशाख ।
चितवनकाे भरतपुरमा एक स्कुल बसमा अज्ञात समुहले आगजनी गरेको छ ।
भरतपुरकाे मंगलपुर नजिक कल्याणपुरकाे स्मलहेभन स्कुलकाे बसमा आइतबार बिहान आगजनी भएकाे छ । भरतपुरकाे पश्चिम क्षेत्रका विद्यार्थी लिन जाँदै गरेकाे बसलाई ६ जनाकाे समुहमा रहेका अपरिचित ब्यक्तिहरूले बस राेकेर चालक सहचालकलाई बााहिर निकालेर आगजनी गरेकाे चितवन प्रहरीले जनाएकाे छ । घटना हुँदा बसमा विद्यार्थी नभएको बताइएको छ ।
चनाैली बजारदेखि दक्षिण अमृतचाेकका विद्यार्थी लिन गइरहेकाे बा प्र ०६-००१ क ००४५ नम्बरकाे बसलाई भरतपुर महानगरपालिका-२० दद्रहनी पुल नेर बिहान साढे आठ बजे तिर आगजनी गरेकाे विद्यालयले जनाएकाे छ ।
कक्षा १ देखि १२ सम्म पढ्ने ७० जना विद्यार्थी लिन गएकाे बसलाई आगाे लगाइएकाे विद्यालयका प्रिन्सिपल रामचन्द्र न्याैपानेले बताए । घटना किन कसले गरायाे केही साेच्नै नसकेकाे उनले बताए । घटनाममा ६ जना संलग्न रहेकाे भन्ने खुलेकाे र उनीहरूकाे खाेजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए ।






