दाङ,२९ वैशाख ।
बञ्चरो प्रहार गरेर दाङमा दुई जनाको हत्या भएको छ ।

घोराही उपमहानगरपालिका -१० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ घर भएकी ४४ वर्षीया संगीता सुनारको शनिबार बेलुकी करिब ५ बजेतिर बञ्चरो प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ले जानकारी दिए ।

हत्या गरेको आरोपमा राेल्पाको थवाङ गाउँपालिका-२ घर भई घोराही उपमहानगरपालिका-१७ चौघेरामा बसोबास गर्दै आएका ५७ वर्षीय अटो चालक टेकबहादुर घर्तीलाई पक्राउ गरेको उनले बताए ।

घटनास्थलको प्रकृति मुचुल्का लगाएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।