नवलपरासी,२९ बैशाख ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल र नेकपा (मशाल)बीचको एकता पछि जिल्लास्तरमा एकता कार्यक्रम सम्पन्न गर्ने बारे नेतृत्वहरु माझ शनिबार नवलपरासीमा परिचयात्मक छलफल भएको छ ।

सो अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीले क्रान्तिकारी शक्ति बिचको एकता आजको आवश्यकता भएको भन्दै एकतालाई स्वागत गर्नुपर्नेमा जाेड दिए

। दुई पार्टीको जिल्ला नेतृत्व माझमा पार्टीको आगामी योजना बारेमा समेत अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका अर्का केन्द्रीय सदस्य रवि पान्डेयले क्रान्तिकारीहरुको एकतालाई भाड्न विभिन्न कोणबाट षडयन्त्र भैरहेकोले सचेतनापुर्वक एकतालाई सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा साबिक नेकपा ( मशाल) का जिल्ला सेक्रेटरी मिलनले एकता प्रति ऐक्यबद्ध भएर अगाडि बढ्नुको बिकल्प नभएको बताए ।

साे अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरु गणेश बहादुर ढकाल, दुर्गा नारायण चौधरी, चुडामणि भन्डारी , रामचन्द्र पोखरेल, यम बहादुर गुरुङ, न्युक्लियस र बिद्यार्थी नेता सन्देश सापकोटाले नयाँ ढ्ङगको आन्दोलनलाई सङ्गठित गर्न एकताले सहयोग पुग्ने बिचार ब्यक्त गरे ।