बाँके,२९ वैशाख ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दिन राई जनता समाजवादी पार्टी, नेपालमै रहने भएका छन् ।

जसका नेपाल बाँकेका अध्यक्ष समेत रहेका उपप्रमुख राईले एक विज्ञप्ति जारी गरी आफू पार्टी विभाजनको पक्षमा नजाने स्पष्ट पार्दै पुरानै पार्टीमा रहने जानकारी गराएका हुन् ।

संसद अधिवेशन आह्वान भैसकेको अवस्थामा दल विभाजनसमबन्धी अध्यादेश खारेज भएको अवस्थामा गरिएको पार्टी विभाजन र दर्ता अवैधानिक भन्दै उनले जिल्लाका निर्वाचित जन प्रतिनिधि र बहुमत केन्द्रीय सदस्य, पार्टी नेता कार्यकर्ता पुरानै पार्टीमा रहेको दाबी समेत गरेका छन् ।