नवलपरासी,२९ बैशाख ।
नवलपरासी पश्चिमकाे बर्दघाट नगरपालिका वडा न ७
बर्दघाट स्थित महुली लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बर्दघाटद्वारा आयाेजित वित्तीय अनुशासन तथा वित्तीय स्थायित्वका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

सावित्रा बि.क.को अध्यक्षतामा र बर्दघाट नगरपालिका वडा न.७ का वडाध्यक्ष ध्रुव थारुको प्रमुख आतिथ्यतामामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय बर्दघाटका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक भिम बहादुर कार्की, प्रहरी सहायक निरीक्षक युवराज ज्ञवालीको बिशेष उपस्थिति तथा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका संचालक एवं प्रशिक्षक नरेश पङ्गेनी लगायत ११५ जनाको सहभागिता रहेको संस्थाले जनाएको छ ।

साे अवसरमा केन्द्रीय कार्यालयका कर्जा असुली तथा जोखिम ब्यबस्थापन बिभागका बिभागिय प्रमुख बिजय यादब, साखा प्रमुख गणेश कुमार चौधरीलगायतले सहजीकरण गरेकाे कार्यक्रम संचालक इन्द्र राज संज्यालले जानकारी दिए ।

कार्यक्रममा वित्तीय अनुशासनका साथै समसामयिक बिषयमा बृहत् छलफल भएको थियोे ।