बुटवल,२५ बैशाख ।
रूपन्देहीको कोटिहवा स्थित नोबल इन्भायरोमेन्ट एकेडेमी अन्र्तगत रहेको नोबल बाल क्लबकाे तेस्रो अधिबेशन तथा सातौं साधारण सभाले विनिता पुनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
मंगलवार नोबल इन्भायरोमेन्ट एकेडेमीको सभाहलमा भएको अधिवेशनबाट उपाध्यक्षमा सम्राट घिमिरे, सचिवमा रक्षा पाण्डे, कोषाध्यक्षमा जेसिका गुरुङ्ग, सहसचिवमा तनिसा रेग्मी, सदस्यहरुमा रिदिमा गुरुङ्ग, प्रशिका खत्रि, चाहाना बस्याल, रिया भण्डारी, आश्रीया थापा, सुसन्ना गुरुङ्ग, एनी थापा, स्याङ्गस्याङ थापा, क्षितिज राना र आरोही भण्डारी निर्वाचित भएका छन् ।
अधिवेशनमा अध्यक्ष सुमा दगामीले अध्यक्षको प्रतिबेदन, सचिव एलिना थापाले कार्यक्रम तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष लेलिन रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अधिवेशनमा विद्यालय व्यवश्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङ्ग र बाल सहजकर्ता विकास सुनार,बाल कल्बका सदस्य प्रतिभा न्यौपानेले,प्रक्रिया गुरुङ्गलगायतले आ आफ्नो भनाइ राखेका थिए ।
सुमा दगामीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।








