काठमाण्डाै,१४ बैशाख ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा एक करोड ४३ लाख ६० हजार रुपैयाँ नगदसहित सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षका गणेशदत्त बडू र २१ वर्षका आयुष बडू, झापा बिर्तामोडका ३० वर्षका दिनेश खरेल र २२ वर्षका भरतराज खरेल तथा भारत महाराष्ट्रका ३७ वर्षका अमोल बिभुते, १८ वर्षका ऋषिकेशप्रकाश बिभुते र १८ वर्षकै गणेशसतिश बाल्टे रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

हिजो बेलुका काठमाण्डौको इन्द्रचोकबाट पक्राउ परेका गरी उनीहरूलाई अपराध अनुसन्धान कार्यालयको टोलीले आज सार्वजनिक गरेको हो ।
। न्युरोडको एक हुन्डी गोदाममा छापा मार्दा सुन, रकम र सात जना व्यक्ति पक्राउ परेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।