कपिलवस्तु,१३ बैशाख ।
रोयल थाइ मोनास्ट्री लुम्बिनीले कपिलवस्तु नगरपालिका वडा नम्बर २ बर्दहवा स्थित गौतमबुद्ध आधारभूत बिद्यालयमा वाल पंखा सहयोग गरेको छ ।
रोयल थाइ मोनास्ट्री लुम्बिनी प्रमुख भिक्षु सुपोतको आमाको स्वर्गारोहणको शोकको अवसर पारेर विद्यालयलाई वाल पंखा उपलब्ध गराइएकोे हो ।
सुपोतले ममतामयी माताको स्मृतिमा विद्यार्थीहरुलाई सितलता प्रदान गर्न २ सेट वाल पंखा उपलब्ध गराएको समाजसेवी राजेश ज्ञवालीले जानकारी दिए । दुखद घडिमा ईश्वरले सहन सक्ने शक्ति प्रदान गरून् भन्ने कामना समेत गरिएको बिद्यालयका प्रधानाध्यापक सुजाता सुवालले बताइन् ।
भिक्षु सुपोतले बिद्यालयमा केहि समय अघि बालबालिकालाई स्वच्छ पिउनेपानीको ब्यवस्थाका लागि ट्याकीं र धारा समेत जडान गरिदिएका थिए । जस्बाट बिद्यार्थीहरुले स्वच्छ र सफा पिउने पानी उपभोग गर्न पाइरहेका छन् ।
बरिष्ठ समाजसेवी ज्ञवालीको पहलमा उक्त बिद्यालयमा बिगतदेखि नै सहयोगी सामग्रीको उपलब्धता रहँदै आएको समेत प्रधानाध्यापक सुवालले बताइन् ।
शोकसभा कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष मुख्तार अहमद खान, लायन्स क्लब प्राचीन कपिलवस्तुका अध्यक्ष समाजसेवी राजेश ज्ञवाली, वडा सदस्यहरु, बिद्यालय ब्यवस्थापन समितीका सदस्य, तौलिहवा उद्योग बाणिज्य संघका सचिव बासुदेव बर्मा लगायतको सहभागीता रहेको थियो ।