गुल्मी,१० बैशाख ।
आफ्नै घरमा आगो लगाएकाे आराेपमा गुल्मीको धुर्कोट गाउँपालिकामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको धुर्कोट गाउँपालिका ६ रजस्थला ५९ वर्षीय रेखबहादुर परियार रहेका छन् ।
परियारले मादक पदार्थ सेवन गरि आईतवार साँझ करिब साढे ६ बजेको समयमा धुर्कोट गाउँपालिका ६ रजस्थल स्थित आफ्नो घरमा आगो लगाई पुर्ण रुपमा क्षति पुराएको आराेपमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिएसपी शंकर पोख्रेलको नेतृत्वमा पुगेको प्रहरीले साेमबार नियन्त्रणमा लिई सदरमुकाम तम्घास ल्याएको छ । आफु बस्ने घरमा आगो लगाउँदा उक्त घर भित्र रहेको अन्नपात, लक्ताकपडा, समेत जली घर पुर्णरुपमा क्षति भएको डिएसपी पोख्रेलले जानकारी दिए ।
घटनाबाट पीडित निजको श्रीमति सिता परियारलाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राहत उपलब्ध समेत गराईएको प्रहरीले जनाएको छ ।









