Mayank Markande of Sunrisers Hyderabad and Pat Cummins (c) of Sunrisers Hyderabad celebrates the wicket of Abhishek Porel of Delhi Capitals during match 35 of the Indian Premier League season 17 (IPL 2024) between Delhi Capitals and Sunrisers Hyderabad held at the Arun Jaitley Stadium, Delhi on the 20th April 2024. Photo by Arjun Singh / Sportzpics for IPL

काण्ठमाण्डौ,९ बैशाख ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले हराएको छ । हैदराबादले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय ९९ रन मात्रै बनाउन सक्यो ।

यसअघि दिल्लीमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय ६६ रन बनाएको थियो । सात खेलमा पाँचवटा जितेर १० अङ्क बनाएको हैदराबाद अङ्क तालिकाको दोस्रो स्थानमा छ । आठ खेलमा तीनवटा जितेको दिल्ली सातौं स्थानमा छ ।

शीर्षस्थानको राजस्थान रोयल्सको १२ अङ्क छ । आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे हुने खेलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स खेल्नेछन् ।