पाल्पा,८ बैशाख ।
पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
पाल्पाको निस्दी–३, खाँदरमा जीप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा शुक्रबार राती दुर्घटना भएको हो ।
भित्री कच्ची सडकमा दुर्घटना हुँदा जीपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ ।
जीपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ ।









