दाङ,६ वैशाख
दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट बिहिबार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ मानपुरका ५ वर्षीय सुशान्त चौधरी रहेका छन् ।
तुलसीपुर–१६ निवासी ३० वर्षीय मोहन बस्नेतले चलाएको रा ३ प २५२० नम्बरको मोटरसाइकलले मानपुर डुरुवा सडकखण्डमा बिहीबार बिहान १० बजे बालकलाई ठक्कर दिएको थियो । दुर्घटनामा सख्त घाइते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा पौने १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









