Gulshan Kumar Jha of Nepal plays a shot during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Saudi Arabia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 2), Muscat, Oman on April 17, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाण्डौ,५ बैशाख ।
ओमानमा चलिरहेको एसीसी प्रिमियर कपमा नेपालले साउदी अरबलाई छ विकेटले हराएको छ । यो जितसँगै नेपाल समूह विजेता बनेको छ । पानी परेपछि आठ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो । ७४ रनको लक्ष्य पाएकाे नेपालले चार बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो ।

नेपालका लागि गुल्सन झाले अविजित २८ र कप्तान रोहित पौडेलले १६ रन बनाए । साउदीका इस्तिक अहमदले दुई विकेट लिए ।

यसअघि ओमनले छ विकेट गुमाएर ७३ रन बनाएको थियो । उसका लागि अब्दुल वासिदले १६ बलमा ३७ रन बनाए । अरू कुनै खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करण केसी र अविनाश बोहराले सामान दुई तथा प्रतिश जिसी र ललित राजवंशीले सामान एक विकेट लिए ।

समूह चरणमा नेपालले चारवटै खेल जितेर अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ । आजको नेपालको जीतले हङकङ पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा पुग्न आज साउदीले नेपाललाई हराउनैपर्ने थियो तर साउदी नेपालसँग हार्दा हहङकङ सेमिफाइनलमा पुगेको हो ।

आजै भएको अर्को खेलमा हङकङले मलेसियालाई सात विकेटले पराजित गरेको छ । मलेसियाले दिएको एकसय ४१ रनको लक्ष्य हङकङले १२ ओभर एक बलमा तीन विकेट गुमाएर पूरा गर्‍याे । सेमिफाइनलका खेल शुक्रवार, तेस्रो स्थानको खेल शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।