स्याङ्जा,३ बैशाख ।
गाडीको ढोकाबाट खसेर स्याङ्जाको वालिङमाृ साेमवार एक जना विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको मलङ्गवा नगरपालिका घर भएका २० वर्षीय अमित शाह रहेका छन् ।
उनको बसबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिए ।
वालिङ नगरपालिका–१३ मा रहेको भूपू सैनिक माविमा सीटीईभीटी इलेक्ट्रिक इन्जिनियरिङ विषयको परीक्षा दिएर फर्कँदै गर्दा शाह लु १ ख ६८९७ नम्बरको गाडीबाट खसेकाे प्रहरीले जनाएको छ ।









