फाइल फाेटाे
काठमाण्डाै,२ बैशाख ।
नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

आज न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेश सभा सदस्यको हैसियतमा काम–कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो ।

आफ्नो निर्णय विपरीत काम गरेको भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठले गिरीलाई पदमुक्त गरेकी थिइन । गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएसँगै रञ्जिता चौधरीलाई धक्का लागेको छ ।